Friday, December 5, 2025
Homeधर्म र संस्कृतिइटहरीमा बैशाखदेखि प्रणामी अस्पताल सञ्चालन हुने

इटहरीमा बैशाखदेखि प्रणामी अस्पताल सञ्चालन हुने

इटहरीः इटहरीमा २०८२ साल बैशाखदेखि मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल सञ्चालनमा आउने भएको छ । प्रणामी मन्दिर मुक्तिधामको व्यवस्थापनमा सो अस्पताल सञ्चालनमा आउन लागेको हो ।

श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीका अनुसार २०८२ सालको बैशाख १ गते स्वामी १०८ सदानन्द महाराजबाट अस्पतालको उद्घाटन हुने छ । श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीको ४६ औँ वार्षिक उत्सवको अवसर पारेर अस्पताल उद्घाटन गरिने भएको हो ।

सो अवसरमा श्री १०८ पाठपरायण अन्तर्राष्ट्रिय महोत्सव समेत आयोजना गर्न लागिएको आयोजक मूल समारोह समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बताउनुभयो । अस्पतालमा एमडी एक जना र २ जना एमबिबिएस डाक्टरले सेवा दिने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments