विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको थियो ।







