Friday, December 5, 2025
Homeअर्थबेलबारी उद्योग वाणिज्य संघको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

बेलबारी उद्योग वाणिज्य संघको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

बेलबारीः बेलबारी उद्योग वाणिज्य संघको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राईले साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।

प्रमुख राईले बेलबारीको खस्किँदो व्यवसायलाई उठाउन व्यावसायिक वातावरण बनाउन नगर प्रतिबद्व रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मोफसलमा रहेर पनि व्यवसायीहरुको पक्षमा काम गर्दै आएको संघलाई महासंघको सदैव साथ र सहयोग रहने बताउनुभयो ।

साधारणसभामा संघका कोषध्यक्ष अर्जुन कार्कीले आर्थिक वर्ष २०८०÷८१ को अर्थिक प्रतिवेदनसहित ५ लाख ९८ हजार ९ सय ९८ रुपैयाँको आयव्यय प्रस्तुत गर्नुभयो ।

साधारणसभामा नियमित सदस्यता नवीकरणतर्फ अनिलकुमार चौधरी र चन्द्रहाङ लिम्बू, उद्योगतर्फ गणेश चौधरी, वाणिज्यतर्फ राधाकृष्ण श्रेष्ठ, कृषि उद्यमीतर्फ सुवास राई र महिला उद्यमीतर्फ मीरा खड्कालाई सम्मान गरिएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments