Friday, December 5, 2025
Homeकृषिलाहा खेतीलाई प्रवर्द्धन गर्न मिडियाले भूमिका खेल्नुपर्नेमा सरोकारवालाको जोड

लाहा खेतीलाई प्रवर्द्धन गर्न मिडियाले भूमिका खेल्नुपर्नेमा सरोकारवालाको जोड

पथरीः लाहा खेतीलाई प्रवर्द्धन गर्न मिडियाले भूमिका खेल्नुपर्नेमा लाहा विज्ञ तथा जिल्ला वन कार्यालयका पदाधिकारीले बताउनुभएको छ । शनिबार पथरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।

नेपालमा लाहा उत्पादन हुने धेरै क्षेत्र भए पनि लाहाको उपयोगिता थाहा नहुँदा त्यत्तिकै खेर जानुका साथै विदेशबाट प्रशोधित लाहा ल्याउँदा नेपाली रुपैयाँ पनि विदेश गइरहेको लाहा विज्ञको भनाइ छ ।

नेपाल पत्रकार मञ्च पथरीको आयोजना तथा डिभिजन वन कार्यालय मोरङको आर्थिक सहयोगमा भएको कार्यक्रमको प्रमुख अतिथि डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा रहनुभएको थियो । डिभिजन वन कार्यालय मोरङका पूर्वप्रमुख विष्णुलाल घिमिरे र लाहा खेती गर्ने किसान डम्बर विश्वकर्माले लाहा खेती, नेपालमा यसको अवस्था र सम्भावनाबारे पत्रकारलाई जानकारी दिनुभएको थियो ।

डिभिजन वन कार्यालय मोरङका पूर्वप्रमुख विष्णुलाल घिमिरेले हाल झापा र मोरङका विभिन्न स्थानमा लाहा खेती विस्तार भइरहेको जानकारी गराउँदै लाहाबाट चप्रा उत्पादन गरी शृङ्गार सामग्री, औषधीजन्य सामग्री र फर्निचरमा लगाउने रङ निर्माण गर्न सकिने उहाँको भनाइ थियो ।

झापाको गौरादहका लाहा किसान विश्वकर्माले नेपालमा लाहा खेतीको व्यावसायिक सम्भावना रहेको जानकारी दिनुहुँदै सुनसरीदेखि झापासम्मको चुरे क्षेत्रमा लाहा खेती गर्न सकिने बताउनुभयो । पहाडी क्षेत्रमा नदीको आसपासको भूभागमा यसको खेती गर्न सकिने उहाँले जानकारी दिनुभयो । धनकुटाको चौबिसे, साँगुरीगढी, मोरङको लेटाङलगायतका वन क्षेत्रमा लाहा प्रशस्त पाइने उहाँको भनाइ थियो ।

खयर, बयर र मौवा प्रजातिका रुखका साथै व्यावसायिक खेती गर्दा सामिया लता जातको बिरुवामा लाहा कीरा लगाएर खेती गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments