विराटचोकः आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने १४ ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १४ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, २ निर्माण कम्पनीलाई २ वर्ष, ८ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ३ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।
यी हुन् कालोसूचीमा परेकाहरुः