शेयर बजारमा लगानी गर्नुअघि केही कुरालाई ध्यानमा राख्नुपर्छ ।
(क) आफ्नो लक्ष्य अनुसार थोरै थोरै लगानी गर्नुहोस्ः तपाईले आफ्नो दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न आफ्नो लक्ष्य अनुसार लगानी गर्नुपर्दछ । स्टक बजार शुरुवातकर्ताको रूपमा, एकैचोटि ठूलो रकम लगानी गर्नुहुँदैन । थोरै मात्रामा गुणस्तरीय शेयर खरिद गरेर लगानी शुरु गर्नु उचित हुन्छ ।
(ख) जोखिम र समयावधिः यदि तपाईँ शेयर बजारमा लगानी गर्नुहुन्छ भने, त्यसभित्रको जोखिमको बारेमा पनि थाहा हुनु आवश्यक छ । कुनै सुझाव र अनुसन्धान बिना शेयर किन्दा जोखिम बढी हुन्छ ।
सधैँ आफ्नो जोखिम क्षमता अनुसार लगानी गर्नुपर्दछ । ती स्टकहरू मात्र खरिद गर्नुपर्छ जसको व्यापार मोडेल तपाईंले बुझ्नुहुन्छ । त्यस्ता स्टकहरुमा लामो समयसम्म लगानी गर्ने प्रयास गर्नुहोस् । तपाईले जति लामो समय लगानी गर्नुहुन्छ, तपाईको प्रतिफल त्यति नै उच्च हुनेछ ।
(ग) पोर्टफोलियो विविधिकरणः स्टक बजारमा विविधीकरण धेरै महत्वपूर्ण छ । तपाईंले पूरै रकम एउटै कम्पनीमा लगानी गर्नु हुँदैन । विभिन्न कम्पनीहरूमा लगानी गर्नुपर्छ । यसले जोखिमको मात्रालाई उल्लेखनीय रूपमा कम गर्छ ।
यसरी तपाईंले राम्रो सन्तुलित पोर्टफोलियो सिर्जना गर्ने प्रयास गर्नुपर्छ । राम्रो पोर्टफोलियोमा केही राम्रा क्षेत्रहरूको मिश्रण हुनुपर्छ ।
यसबाहेक आफ्नो पोर्टफोलियोमा आवश्यकताभन्दा बढी शेयर राख्नु हुँदैन ।
(घ) लगानी ट्रयाकमा निरन्तरताः तपाईंले ‘इन्भेष्ट एण्ड फरगेट’ भन्ने भनाइ त सुन्नु भएको होला । यो शेयर बजारमा लगानी गर्ने एक नियम हो । तर तपाईंले आफूले लगानी गरेको कम्पनीको वित्तीय विवरणलाई त्रैमासिक रूपमा ट्रयाक गरिरहनु पर्दछ ।
आफूले शेयर खरिद गरेका कम्पनीहरुको नाफा त्रैमासिक नतिजामा कस्तो रह्यो ? सरकारको कुनै नीतिले कम्पनीको व्यवसायमा प्रतिकूल असर पारेको छ कि छैन ? आदि कुराहरू हेर्नुपर्छ । यसबाट, तपाईँ कम्पनीको भविष्यको बारेमा निश्चित हुन सक्नुहुनेछ र तपाईँको सम्पत्ति निर्माणको गतिलाई कायम राख्न सक्नुहुनेछ ।







