Friday, December 5, 2025
Homeफिचरप्रेस सेन्टर मोरङको अध्यक्षमा नवीनकुमार कर्ण चयन

प्रेस सेन्टर मोरङको अध्यक्षमा नवीनकुमार कर्ण चयन

विराटनगरः प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नवीनकुमार कर्ण चयन हुनुभएको छ । सेन्टरका निवर्तमान उपाध्यक्ष कर्ण विराटनगरमा बिहीबार भएको पाँचाँै जिल्ला सम्मेलनबाट अध्यक्षमा सर्वसम्मत चयन हुुनुभएको हो ।

समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई र सन्दीप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख र राजेश राजवंशी तथा कोषाध्यक्षमा प्रेम देवान चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरुमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू, मर्जिना खातुन चयन हुनुभएको छ । प्रदेश पार्षदमा हरि अधिकारी, देवराज तामाङ, पवनकुमार साह, मौसम लिम्बूलगायत चयन हुनुभएको छ ।

सम्मेलनमा १० हजार रुपैयाँ राशीको शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार बाबुराम मुडियारीलाई प्रदान गरियो । रेडियो नेपालमा कार्यरत मुडियारीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ्ग, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कुलबहादुर साम्बा (कुशल), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

त्यसैगरी, सम्मेलनमा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित पाँच जना पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पूर्व अध्यक्षहरु अमृतकुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र गोकुल पराजुली हुनुहुन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments