विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ८६५ रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको थियो ।







