Thursday, September 17, 2026
Homeसमाचारवसन्त हरियाली सामुदायिक वनको साधारणसभामा विभिन्न व्यक्ति सम्मानित

वसन्त हरियाली सामुदायिक वनको साधारणसभामा विभिन्न व्यक्ति सम्मानित

लेटाङः मोरङको लेटाङ–९ जाँतेस्थित वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानित हुनुभएको छ ।

समूहका अध्यक्ष होमनाथ सुवेदीको अध्यक्षता तथा लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको खुल्लासत्रमा वन समूहलाई विभिन्न भूमिकामा रहेर योगदान पुर्याउने व्यक्तिहरु, अगुवा कृषकहरु, परम्परागत पेशामा आवद्ध भइ समाजमा योगादन दिने व्यक्तिहरु र उत्कृष्ट नजितासहति कक्षा १२ उत्तीर्ण हुने विद्यार्थी लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

साधारणसभामा सामुदायिक वनको संरक्षण तथा व्यवस्थापनमा योगदान पुर्याएका पूर्व कार्यसमिति सदस्य तथा ज्येष्ठ सदस्य शिवप्रसाद निरौला, अग्नि पौडेल र सुकबहादुर लिम्बूलाई सम्मानपत्र प्रदन गरि सम्मान गरिएको छ ।

श्रीमावि लेटाङ ९ जाँतेमा अध्ययन गरी उत्कृष्ट नजितासहित कक्षा १२ उत्तीर्ण हुने छात्र प्रतीक पौडेल र छात्रा सुवर्णा जोगीलाई नगद एक हजारसहित पुरस्कृत गरिएको छ ।

संस्थामा लामो समय सल्लाहकार पदमा रही योगदान पुर्याउनुहुने सल्लाहकार सदस्य मानबहादुल आले मगरलाई सम्मान गरिएको छ ।

वन उपभोक्ता समूहका सदस्य रहेका कृषकमध्येबाट उत्कृष्ट कृषकहरुलाई पनि सम्मान गरिएको थियो । परम्परागत पेशालाई अंगाली सेवा दिइरहेका सिलाईतर्फ दलबहादुर दर्जी तथा हातहतियार निर्माणतर्फ कृष्णबहादुर विश्वकर्मा र प्रेमलाल विश्वकर्मालाई सम्मान गरिएको थियो ।

गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारलागि सिफारिस गर्ने डिभिजन वन कार्यालय मोरङका डिएफओ विक्रम अमात्यलाई पनि दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

सामुदायिक वन जिल्ला महासंघका अध्यक्ष मदन पोखरेल र सब डिभिजन वन कार्यालय जाँतेमा कार्यरत वन रक्षक हिमबहादुर बस्नेतलाई पनि साधारणसभामा सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments