Friday, December 5, 2025
Homeफिचरसुनको भाउ लगातार बढ्दै, ११ दिनमा बढ्यो ५ हजार ६०० रुपैयाँ

सुनको भाउ लगातार बढ्दै, ११ दिनमा बढ्यो ५ हजार ६०० रुपैयाँ

विराटचोकः पछिल्ला दिनमा सुनको भाउ लगातार बढिरहेको छ । माघ १ गते १ लाख ५५ हजार रुपैयाँ प्रति तोला रहेको सुनको भाउ आज १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको छ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ८८० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ प्रति तोला २० रुपैयाँ घटेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments