Friday, December 5, 2025
Homeफिचरचार दिवसीय चौथो प्रादेशिक स्काउट ज्याम्बोरेट विराटनगरमा माघ २५ गतेदेखि हुने

चार दिवसीय चौथो प्रादेशिक स्काउट ज्याम्बोरेट विराटनगरमा माघ २५ गतेदेखि हुने

विराटनगरः विराटनगरस्थित डिग्री क्याम्पसमा यही माघ २५ गतेदेखि २८ गतेसम्म चौथो प्रादेशिक स्काउट ज्याम्बोरेट हुने भएको छ । प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा माघ २८ गतेसम्म ज्याम्बोरेट सञ्चालन हुने भएको हो ।

३ हजार स्काउटहरूको सहभागिता हुने ज्याम्बोरेटमा स्काउटसँग सम्बन्धित विभिन्न साहसिक, मनोरञ्जनात्मक, सांस्कृतिक र बौद्धिक क्रियाकलापहरू सञ्चालन हुने भएका छन् । सो ज्याम्बोरेटमा कोशी प्रदेशका सम्पूर्ण स्थानीय तहबाट छनोट भएका स्काउटहरू सहभागी हुनुका साथै अन्य ६ वटा प्रदेशबाट प्रतिनिधिमूलक रूपमा स्काउटहरूको सहभागिता हुने प्रदेश अधिकृत नवराज घिमिरेले जानकारी दिनुभयो ।

प्रत्येक ४ वर्षमा हुने ज्याम्वोरेटमा स्काउटमा संलग्न ११ वर्षदेखि १६ बर्षसम्मका स्काउट विधार्थीहरू सहभागी हुने बताइएको छ । सो ज्याम्बोरेट सम्पन्न गर्नका लागि प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीको संयोजकत्वमा १३ सदस्यीय आयोजक कमिटी बनेको छ । त्यस्तै, कोशी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक हिक्मतकुमार कार्कीको संरक्षकत्वमा सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षता सल्लाहकार समिति गठन गरिएको घिमिरेले जानकारी दिनुभयो ।

ज्याम्बोरेटको तयारीका लागि २५ वटा विभिन्न उपसमितिहरू बनाएर काम अघि बढाउनुका साथै ज्याम्बोरेटका क्रियाकलापहरू सञ्चालन गर्न २०५ जनाको सर्भिस टिम बनाइ तयारीलाई तीव्रता दिइएको बताइएको छ । ज्याम्बोरेटमा विभिन्न साहसिक, बौद्धिक, मनोरञ्जनात्मक तथा सिर्जनात्मक खेल र प्रस्तुति हुने आयोजकले जनाएो छ ।

ज्याम्बोरेट सञ्चालनका लागि ३५ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको र सो रकम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय प्रधान कार्यालय, सहयोग संघसङ्गठन र दाताहरूबाट जुटाइने घिमिरेद्वारा विज्ञप्तिमा जनाइएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments