Friday, December 5, 2025
Homeकला र साहित्यअन्तर्राष्ट्रिय उपाधिद्वारा साहित्यकार छवि वैरागी सम्मानित

अन्तर्राष्ट्रिय उपाधिद्वारा साहित्यकार छवि वैरागी सम्मानित

विराटचोकः अमेरिकन विश्वविद्यालय (केडारब्रोक)ले आफ्नो स्थापना दिवसको अवसर पारेर अन्तरराष्ट्रिय भाषासाहित्य तथा खोज अनुसन्धान अवलोकन सञ्चार क्षेत्र, एवम् सामाजिक सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

आयोजकले विश्वका कुनै पनि देशमा रहेर आफ्नो जीवन समाजका लागि समर्पित गर्दै अनवरत सेवामा सेवकको भूमिका निर्वाह गर्ने समाजसेवी, साधक, सञ्चारकर्मी, शिक्षक, साहित्यकार तथा चिकित्सकहरूलाई उक्त सम्मान दिने गर्दछ ।

कार्यक्रममा नेपाल, भुटान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, अमेरिका र भारतका २५ भन्दा बढी व्यक्तिहरूलाई सामाजिक सेवा गौरव सम्मान स्वर्ण पदक तथा विशिष्ट सेवा मानार्थ विद्यवारिधी प्रदान गरिएको थियो ।

भारत सरकारका सांसद योगेन्द्र चण्डोलिया, भारत सरकारका क्याबिनेट मन्त्री चिराग पासवान, भारतीय नारी सामाजिक अभियन्ता पुष्पा जिन्दल, भारतीय हिन्दू धार्मिक अभियन्ता स्वामी चन्द्रदेवजीलगायतले सम्मान प्रदान गर्नुभएको थियो ।

सुन्दरहरैंचा–९ विराटचोक निवासी वैरागी छन्द कविको रुपमा परिचित हुनुहुन्छ । उहाँद्वारा रचित किनारीकृत माइली, आहत हिपत्, लगायतका कृति चर्चित छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments