Wednesday, January 15, 2025
Homeफिचरमाघमा १७ बैंकले पुसकै ब्याजदरलाई कायम गर्ने, दुइटाले घटाउँदा एउटाको वृद्धि

माघमा १७ बैंकले पुसकै ब्याजदरलाई कायम गर्ने, दुइटाले घटाउँदा एउटाको वृद्धि

विराटचोकः वाणिज्य बैंकहरुले माघ महिनाका लागि तोकेको ब्याजदरमा १७ वटाले पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् । दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एउटाले बढाएको छ ।

माघ महिनामा ब्याजदर घटाउने बैंक नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् । नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ ।

लक्ष्मी सनराइज बैंकले भने ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो ।

दुई बैंकहरुको ब्याजदर घटेपछि बैंकहरुको औसत ब्याजदर पनि सामान्य घटेको छ । पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments