विराटचोकः शुक्रबार राति सम्पन्न १६ औँ जिल्ला अधिवेशनबाट निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत विजयी हुनुभएको छ ।
उहाँले ११० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र सुवेदीले ९३ मत ल्याउनुभयो । बस्नेत र सुवेदी प्यानल नै बनाएर निर्वाचनमा जानुभएको थियो । वरिष्ठ उपाध्यक्षमा १०६ मत प्राप्त गर्दै मोहन बुढाथोकी निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कँडेलले ९६ मत ल्याउनुभयो । बुढाथोकी सुवेदी प्यानलबाट उम्मेद्वार हुनुहुन्थ्यो ।
उपाध्यक्षमा १०४ मतसहित विष्णु डंगोल निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी भुपाल बस्नेतले ९९ मत ल्याउनुभयो । सचिवमा देवी सिटौला १०६ मत ल्याएर विजयी हुँदा विकर्ण कार्कीले ९७ मत ल्याउनुभयो ।
कोषाध्यक्षमा मणिराज भट्टराई र नगेन्द्रप्रसाद ढकाल (विवेक)ले समान १०१ मत ल्याएपछि गोलाप्रथाबाट भट्टराई विजयी हुनुभएको छ । सह–सचिवमा दीपेन्द्र राई (दिपेन) १०९ मत ल्याएर विजयी हुँदा मनोज रेग्मीले ९२ मत ल्याउनुभयो । सह–कोषाध्यक्षमा केदार पौडेल १२२ मत ल्याएर विजयी हुँदा जितेन्द्रकुमार दासले ८० मत ल्याउनुभयो ।
सदस्यमा महेन्द्र मण्डल, नन्दलाल मण्डल, तेजबहादुर खत्री, रुद्र थापा, इन्द्रकुमार राई, हिराबहादुर मगर र तिलक राई निर्वाचित हुुनुभएको छ ।