विराटचोकः सन् २०२५ को पहिलो दिन आज नेपाली रुपैयाँसँगको विनिमय दरमा उच्च मूल्यको रेकर्ड बनाएको छ ।
आज १३ पैसा बढेर पुस १२ गतेको उच्च मूल्यको रेकर्डलाई अमेरिकी डलरले तोडेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर १३७ रुपैयाँ २९ पैसा रहेको छ ।