Friday, December 5, 2025
Homeधर्म र संस्कृतिश्री शिवपाञ्चायन मन्दिर सुन्दरहरैंचाको २१ औँ साधारणसभा सम्पन्न

श्री शिवपाञ्चायन मन्दिर सुन्दरहरैंचाको २१ औँ साधारणसभा सम्पन्न

गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको शिवपाञ्चायन मन्दिरको २१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरागाईँले देश धर्म निरपेक्ष घोषणा भएपछि हिन्दू धर्ममा अझ बढी जागरण आएको बताउनुभयो । धार्मिक सद्भाव राख्नका लागि धर्म निरपेक्ष घोषणा सहायक भएको उल्लेख गर्दै उहाँले एक्लै प्रतिष्पर्धा गर्नुभन्दा धेरैमा प्रतिष्पर्धा गर्ने वातावरण सिर्जना भएको जनाउनुभयो ।

साधारणसभालाई मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामप्रसाद उप्रेती, मन्दिर व्यवस्थापन समितिका पूर्व सचिव तथा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष चैतन्यप्रसाद सिटौला, वर्तमान वडाध्यक्ष भुवनसिंह आलेमगरलगायतले सम्बोधन गर्नुभएको थियो ।

साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अम्बिकाप्रसाद सापकोटाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मन्दिर व्यवस्थापन समितिका सह सचिव मिलन लुइँटेलले सञ्चालन गरेको कार्यक्रममा विभिन्न भजनकीर्तन समूह तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, जग्गादाता, चन्दादाता तथा मन्दिर व्यवस्थापन समितिका पूर्व पदाधिकारीको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments