विराटचोकः तीन शिर र छ हातहरू भएका दत्तात्रेय भगवानको आज जन्म जयन्तीको दिन हो । दत्तात्रेय भगवानलाई विष्णु भगवानको अंशको रूपमा मानिन्छ । आज दत्तात्रेय भगवानको बाल रूपको पूजा अर्चना हुन्छ ।
सत्य युगमा गुरु र शिष्यमाझ हुने उपदेश आदानप्रदानको परम्परा क्षीण हुँदै गएको र श्रुतिहरू लोप हुन लागेको अवस्थामा विलक्षण स्मरण शक्तिका माध्यमबाट यस परम्परालाई पुनर्स्थापना गर्न एवं वैदिक धर्मलाई पुनर्जीवित तुल्याउन भगवान् विष्णुले दत्तात्रेयका रूपमा अवतार लिनुभएको धार्मिक मान्यता छ । उहाँले वेद र तन्त्र मार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्माण गर्नुभएको विश्वास गरिन्छ ।