Monday, December 23, 2024
Homeफिचरअमेरिकी डलरको भाउले फेरि बनायो नयाँ रेकर्ड

अमेरिकी डलरको भाउले फेरि बनायो नयाँ रेकर्ड

विराटचोकः दुई दिन अघि मंसिर १८ गते कायम भएको उच्च मूल्यको रेकर्ड तोड्दै आज अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सो दिनको भन्दा ७ पैसा र हिजो भन्दा ९ पैसा बढेर डलरको भाउ उच्च मूल्यमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ बिक्रीदर १३५ रुपैयाँ ८९ पैसा र खरिददर १३५ रुपैयाँ २९ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि मंसिर १८ गते डलरको भाउ १३५ रुपैयाँ ८२ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ११ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ १९ पैसा र खरिद दर १७१ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments