Monday, December 23, 2024
Homeफिचरमुक्तिनाथ क्यापिटलले आजदेखि मुक्तिनाथ म्युचुअल फण्ड १ निष्कासन गर्ने

मुक्तिनाथ क्यापिटलले आजदेखि मुक्तिनाथ म्युचुअल फण्ड १ निष्कासन गर्ने

विराटचोकः मुक्तिनाथ क्यापिटल लिमिटेडले आजदेखि आफ्नो पहिलो म्युचुल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ निष्कासनमा ल्याउने भएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।

सो फण्डको इकाईका लागि आजदेखि न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाइने क्यापिटलले जनाएको छ । मंसिर २४ गतेसम्म आवेदन दिन सकिने र सो दिनसम्ममा सबै इकाइ बिक्री नभएमा पुस ४ गतेसम्म आवेदन म्याद थप गर्न सकिने बताइएको छ ।

१० वर्ष अवधिको बन्दमुखी प्रकृतिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments