विराटचोकः गत वर्षको पुस २० गतेदेखि नेतृत्वविहीन भएको धितोपत्र बोर्डले सन्तोषनारायण श्रेष्ठको नेतृत्व पाउने भएको छ । हिजोको मन्त्रिपरिषदको बैठकले नेपाली धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिश गरेको थियो । समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिश गरेकोमा सरकारले सन्तोषनारायण श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।