इटहरीः पछिल्लो समयका चर्चित गायक सुगम पोखरेल र वर्षा उप्रेतीले मकाउमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । डिसेम्बर २१ मा एस्कट होटल, दोस्रो तल्ला (रेड हाउस) मा आयोजना हुने एनआरएनए सांस्कृतिक साँझमा उनले प्रस्तुति दिन कार्यक्रम तय गरिएको छ । सोही साँझको कार्यक्रममा नृत्याङ्गना वर्षा उप्रेतीको पनि नृत्य प्रस्तुत हुने भएको छ ।
नेपाल हङकङ (एसएआर) र मकाउ (एसएआर) को महावाणिज्य दूतावास र नेपाल एयरलाइन्सको सहयोगमा एनआरएनए–एनसीसी मकाउले कार्यक्रम संयोजन गरेको हो ।
पोखरेलले आफ्ना पुराना र नयाँ गीत गाउने योजना बनाएको बताए ।
गायक पोख्रेलका कार्यक्रम संयोजक युस्टल दाहालले नेपाली सङ्गीतप्रेमीहरुका व्यापक सहभागिताको अपेक्षा राखिएको बताए ।