Monday, December 23, 2024
Homeफिचरक्रसर व्यवसायी महासंघको उपाध्यक्ष र महासचिवमा मोरङका व्यवसायी क्रमशः रोहित कार्की र...

क्रसर व्यवसायी महासंघको उपाध्यक्ष र महासचिवमा मोरङका व्यवसायी क्रमशः रोहित कार्की र देवराज तामाङ, अध्यक्षमा पुनः सीताराम न्यौपाने

विराटचोकः नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको उपाध्यक्ष र महासचिवमा मोरङका व्यवसायी सर्वसम्मत चुनिनुभएको छ । उपाध्यक्षमा केराबारीका रोहित कार्की र महासचिवमा सुन्दरहरैंचाका देवराज तामाङ निर्विरोध चयन हुनुभएको हो । अध्यक्ष पदमा पुनः सीताराम न्यौपाने चयन हुनुभएको छ ।

शनिबार महोत्तरीको बर्दिवासमा आयोजित तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेश प्रदेशबाट रामनारायणप्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लीलाधर बराल र लुम्बिनी प्रदेशबाट मीनबहादुर शाही चयन हुनुभएको हो ।

महासचिवमा देवराज तामाङ चुनिनुभएको छ भने सचिव पदमा उम्मेद्वारी नै नपरेकाले रिक्त रहेको छ । सहसचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा बेचन ठाकुर बरही र सहकोषाध्यक्षमा विनोदराज श्रेष्ठ चुनिनुभएको छ ।

सदस्यहरुमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकासनारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशिकुमार यादव र सन्तोष यादव निर्वाचित हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments