Tuesday, December 24, 2024
Homeअर्थडिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल, ग्यास र हवाइ इन्धनको यथावत्

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल, ग्यास र हवाइ इन्धनको यथावत्

विराटचोकः नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । यो मूल्य शुक्रबार १२ बजेदेखि लागू भएको छ ।

मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

सुर्खेत र दाङमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

निगमले खाना पकाउने एलपी ग्यास, हवाइ इन्धन र पेट्रोलको मूल्य भने यथावत् रहेको जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments