काठमाडौंः आज भएको निर्णायक खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकपमा छनोट भएको छ ।
नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो । युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाउँदा कप्तान पूजा महतोले १८ बलमा २१ रन र साबित्री धामीले १२ रन जोडेकी थिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो ।