Monday, December 23, 2024
Homeफिचरउत्तरार्द्धमा तीव्र गतिमा घटेको बजार अन्तिम समयमा फेरि भयो हरियो

उत्तरार्द्धमा तीव्र गतिमा घटेको बजार अन्तिम समयमा फेरि भयो हरियो

विराटचोकः आज पनि शेयर बजार खुलेदेखि नै हरियो भएको थियो । २ बजेदेखि बजार निरन्तर घट्दै २ बजेर ४० मिनेट जाँदा केही समय रातो भएको भए पनि अन्तिम समयमा २२ अङ्कको वृद्धि भएको थियो ।

आज नेप्से परिसूचक ० दशमलव ८० प्रतिशत अर्थात २२ दशमलव १४ अंकले बढेर २ हजार ७६० दशमलव २१ विन्दुमा पुग्दा ३०२ कम्पनीको १ लाख १३ हजार ९६४ पटकको कारोबारमा २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १२७ रुपैयाँको शेयर किनबेच भएको थियो ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबै समूहमा हरियाली छाउँदा लघुवित्त समूह सर्वाधिक ३ दशमलव २० प्रतिशतले बढेको थियो ।

विकास बैंक समूह ०.१० प्रतिशत, वित्त ०.३०, हाईड्रो ०.०५ र निर्जीवन बीमा समूह ०.२२ प्रतिशत घटेका थिए । आज साहस उर्जाको सर्वाधिक ३८ करोड १७ लाख ८७ हजार २४४ रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज सपोर्ट लघुवित्त, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, श्रृजनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुखरी स्मल हाईड्रोलगायतको शेयरमूल्य १० प्रतिशतले बढेको छ । बजार बढे पनि इष्टर्न हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक१० प्रतिशतले घट्दा समृद्धि फाइनान्सको शेयरमूल्य ९ दशमलव ७१ प्रतिशतले घटेको थियो ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ९४ अर्ब १२ करोड २७ लाख ३५ हजार ६३१ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments