विराटचोकः नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभाग, मोरङद्वारा विराटनगरमा ‘समृद्ध नेपाल, सुखी नेपालीको मुख्य आधार; सामुदायिक विद्यालय तथा क्याम्पसको सुधार’ नाराका साथ शैक्षिक गोष्ठी सम्पन्न भएको छ ।
सामुदायिक विद्यालय र क्याम्पसको थप उन्नयनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा कार्यपत्र–प्रस्तोता नेकपा एमालेका उपाध्यक्ष गुरु बराल रहनुभएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार विनोद ढकाल, टिप्पणीकार दिलप्रसाद राई, नेपाल नगरपालिका सङ्घ, कोशी प्रदेश संयोजक तथा कार्यक्रम प्रस्तोता एनपी भण्डारी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरे र युवराज बास्कोटा, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, पथरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुन बुढाथोकी, नन्दराज गिरी, दिनेश श्रेष्ठलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।