Monday, December 23, 2024
Homeफिचरगोठगाउँका कमल माझी उपचारपछि घर फिर्ता

गोठगाउँका कमल माझी उपचारपछि घर फिर्ता

गोठगाउँः आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा र उपचारको क्रममा अस्पतालमा उपचार खर्च तिर्न समस्या परेका सुन्दरहरैंचा ७ का कमल माझी उपचारपछि आज घर फर्किनुभएको छ ।

उहाँको उपचारमा समस्या भएपछि नेपाली कांग्रेसले युवा नेता अर्जुन गजुरेलको संयोजकत्वमा कमल माझी बचाउ अभियान सञ्चलन गरेको थियो । सो अभियानअन्तर्गत नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सहयोगको अपिल गरिएको थियो । सोही अपिलअनुसार कमल माझी बचाउ अभियानका लागि ८२ हजार रुपैयाँ सङ्कलन गरेर परिवारलाई बुझइाएको अभियानका संयोजक गजुरेलले बताउनुभयो ।

मेरुदण्डमा चोट लागेका कमल माझी एक महिना अघि नोबेल अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको उपचारमा स्थानीय समाजसेवी अनुरोध साहले विशेष पहल गर्नुका साथै सहयोग सङ्कलनमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो ।

आर्थिक अवस्था कमजोर भएका उहाँको निःशुल्क उपचारको लागि विभिन्न निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएपछि गोठगाउँवासीले पनि सहयोग रकम सङ्कलन गरेर परिवारलाई प्रदान गरेका थिए । सहायता सामाजिक संस्था सुन्दरहरैंचा, गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थालगायतले सहयोग रकम सङ्कलन गरेर परिवारलाई प्रदान गरेका थिए ।

अहिले उहाँ सामान्य रुपमा उठबस गर्न सक्ने र ह्वील चेयरको सहारामा हिँडडुल गर्न सक्ने हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments