विराटचोकः राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखाले सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला २ अन्तर्गत सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुलाई क्षमता अभिवृद्धिसम्बन्धी २ दिने तालिम दिएको छ । भोलि समापन हुने तालिममा ३३ जना सहभागी छन् ।
मोरङका सुन्दरहरैंचा, केराबारी, कानेपोखरी, लेटाङ र बेलबारीका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूलाई तालिम दिइएको हो । सहकारीको अवधारणा, मूल्य, सिद्धान्त, विकासक्रम, सञ्चालक तथा व्यवस्थापनको जिम्मेवारी, व्यवस्थापन, प्रतिवेदन लेखन, वित्तीय तथा गैह्र वित्तीय विश्लेषण विषयहरुमा सहजीकरण गरिने सहकारी बैंक विराटचोकका शाखा–प्रमुख मनोज लामिछानेले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखा समन्वय उप–समिति संयोजक टीकाप्रसाद कट्टेलले गर्नुभएको थियो । तालिम श्री सहकारी संस्था हरैंचाको सभाहल विराटचोकमा भइरहेको छ ।