विराटचोकः अमेरिकी डलरको भाउले आज पनि नयाँ उचाइ कायम गरेको छ । हिजोको भन्दा आज १ पैसा बढेर डलरको भाउ नयाँ उचाइमा पुगेको हो ।
४ दिनदेखि लगातार डलरको भाउ बढिरहेको छ । हिजो १४ पैसा बढेको डलरको भाउ अस्ति २८ पैसा बढेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३४ रुपैयाँ ७१ पैसा र बिक्री दर १३५ रुपैयाँ ३१ पैसा रहेको छ ।