विराटचोकः आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले उम्मेद्वार नै घोषणा गरेर मत माग्न शुरु गरेका छन् ।
नेकपा माओवादी केन्द्रले अध्यक्ष पदको उम्मेद्वारका लागि नमोनारायण माझीलाई अघि सारेको छ भने नागरिक उन्मुक्ति पार्टीले बुद्धिचन विश्वासलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।