विराटचोकः अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर सुन्दरहरैंचा नगरपालिकाले प्रत्येक वडाका एक जना अपाङ्गता भएका व्यक्तिलाई दोसल्ला र कदरपत्र प्रदान गरेर सम्मान गरेको छ ।
अपाङ्गता भए पनि विभिन्न क्षेत्रमा काम गरेर उदाहरणीय व्यक्ति बन्न सफल भएकाले उनीहरुलाई सम्मान गरिएको नगरपालिकाको सामाजिक शाखाका अनिल पोखरेलले बताए । शिक्षण, व्यवसाय, समाजसेवा, प्रशिक्षणलगायतका क्षेत्रमा सक्रिय व्यक्तिलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले आफ्नो प्रतिभा प्रस्तुत पनि गरेका थिए ।
सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।