विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले नगर अस्पताल हरैंचामा आँखाको उपचार सेवा शुरु गरेको छ । झण्डै १ महिनाअघिदेखि आँखाको उपचार सेवा छोटो समयको लागि दिइरहेको अस्पतालले आजदेखि दिनभर नै सो सेवा दिन शुरु गरेपछि सो उपचार सेवाको औपचारिक उद्घाटन भएको हो ।
सो उपचार सेवाको नगर प्रमुख केदारप्रसाद गुरागाईँ तथा विराट आँखा अस्पताल सञ्चालक समिति अध्यक्ष पदमनारायण चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।
आँखाको शल्यक्रियाबाहेकका सबै सेवा अब नगर अस्पतालमै उपलब्ध हुने बताइएको छ ।
अहिले नगर अस्पतालमा सुन्दरहरैंचाका साथै बेलबारी, ग्रामथान र बुढीगंगाका बिरामीहरु उपचारको लागि आउने गरेको नगरप्रमुख गुरागाईले जानकारी दिए ।