Tuesday, December 24, 2024
Homeकला र साहित्यगजल (संविधान दिवस विशेष)

गजल (संविधान दिवस विशेष)

‘विवश’ बलिभद्र कोइराला

हुनुपर्छ अब सबको रानो समावेशी
भिन्दाभिन्दै झ्यालढोका छानो समावेशी ।।

हिमाल, पहाड, मधेश, तराई जहाँ जो जो भए पनि
बन्नुपर्छ सर्वमान्य मानो समावेशी ।।

गाँस, बास, कपास र सम्मानजनक निर्णयको
अङ्कुराउन सक्नेछन् दानो समावेशी ।।

ओछ्यानका, रछ्यानका वरीपरी भएकाले
पाउनुपर्छ अवसरको चानो समावेशी ।।

हेपिएका, थिचिएका, दबिएका जाति वर्ग
खोजिरा’छन् संविधानमा पानो समावेशी ।।

साहित्यकार ‘विवश’ बलिभद्र कोइरालाको गजल सङ्ग्रह ‘काँचको मुटु’मा सङ्ग्रह गरिएको यो गजल संविधानसँग सम्बन्धित रहेकाले आज संविधान दिवसको अवसरमा प्रकाशन गरिएको छ । –सम्पादक

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments