विराटचोकः आज पनि शेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । आज बजार ४ अङ्क अर्थात् ० दशमलव १५ प्रतिशत घटेर २५७६ दशमलव ७६ बिन्दुमा रोकिएको छ ।
आज बिहान ११ बजेर २१ मिनेट जाँदा बजार आजको तल्लो बिन्दु २५५३ सम्म झरेको थियो । दिउँसो १२ बजेर ५६ मिनेट जाँदा भने २६०६ सम्म पुगेको थियो ।
आज ३२० कम्पनीको ८० हजार ३७८ पटकको कारोबारमा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर कारोबार हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सिइडीबी हाइड्रोको २० करोड ५८ लाख ८ हजार ५८४ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा र गुडविल फाइनान्सको उच्च कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतिएको छ । आज बैंकिङ समूह ० दशमलव ७६ प्रतिशत र निर्जीवन बीमा ० दशमलव १६ प्रतिशतले उकालो लागेको छ । फाइनान्स समूह सबैभन्दा धेरै २ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ ।
बजार घटे पनि आज कालिका लघुवित्तको सबैभन्दा धेरै ८ दशमलव ०८ प्रतिशतले भाउ बढ्दा स्वरोजगार लघुवित्तको शेयरमूल्य ७ दशमलव ९२ प्रतिशत, रावा इनर्जीको ७ दशमलव ३२ प्रतिशतले मूल्य बढेको छ ।
जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ७ दशमलव ६७ प्रतिशतले ओरालो लाग्दा गुडविल फाइनान्स, आत्मनिर्भर लघुवित्त, समृद्धि फाइनान्स उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४० खर्ब ९७ अर्ब २५ करोड ३६ लाख ६७ हजार ८७१ रुपैयाँ कायम भएको छ ।