Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतियस्ता छन् सोह्र श्राद्धमा रोकिएका श्राद्ध गर्ने विकल्प

यस्ता छन् सोह्र श्राद्धमा रोकिएका श्राद्ध गर्ने विकल्प

विराटचोकः असोज २ गतेदेखि पितृ पक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । कुनै कारणवश सम्बन्धित तिथिमा श्राद्ध रोकिएमा ती श्राद्ध गर्नेसम्बन्धमा विभिन्न विकल्प शास्त्रमा उल्लेख छ । ती विकल्प हुन् ।

कुनै कारणवश श्राद्ध रोकिएमा आश्विन कृष्ण औंसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको छ । सो समयमा पनि श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसीसम्म गर्न सकिने प्रावधान छ । सो दिन पनि नसकिएमा मंसिर १ सम्ममा जुराएर गर्न सकिने शास्त्रीय मत छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको छ ।

विकल्प दिएका दिनमा पनि सोह्र श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र १० महिनासम्म दिनहुँ गर्नुपर्ने शास्त्रीय मत रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments