काठमाडौंः हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार तीन जनालाई प्रदान गरिने भएको छ । मंगलबार भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बैठकले उक्त पुरस्कारको सूची सार्वजनिक गरेको हो ।
अध्यक्ष घिमिरेका अनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यस्तै भैरव वाङ्मय पुरस्कार कोषकार चुडामणि गौतमलाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ नै रहेको छ ।
५१ हजार १ सय ११ रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको छ ।
असोज १९ गते शनिबार काठमाडौंको गोकर्णेश्वर–५ मा रहेको भैरव स्मृति भवनमा कार्यक्रम गरेर पुरस्कार वितरण गरिने भएको छ ।