Tuesday, December 24, 2024
Homeफिचरस्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

विराटचोकः सातै प्रदेशका विभिन्न पालिकाका विभिन्न पदमा गरी रिक्त ३४ पदमा मंसिर तेस्रो साता उपनिर्वाचन गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको छ ।

२०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि मृत्यु भएका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी जम्मा ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ मा रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था रहेको छ । सोहीअनुसार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको हो ।

सोही प्रयोजनका लागि आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments