Monday, December 23, 2024
Homeफिचर९७ प्रतिशत बढ्यो हिमालयन रि इन्स्योरेन्सको नाफा

९७ प्रतिशत बढ्यो हिमालयन रि इन्स्योरेन्सको नाफा

विराटचोकः हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको छ । १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments