Monday, December 23, 2024
Homeफिचरनेप्से सूचक र कारोबार दुवैमा गिरावट

नेप्से सूचक र कारोबार दुवैमा गिरावट

विराटचोकः साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ८.१८ अंकले घटेर २ हजार ९२३.४६ विन्दुमा झर्दा कारोबार रकममा पनि गिरावट आएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर २ लाख ४१ हजार ६६५ पटक किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो २७ अर्बभन्दा बढीको कारोबार भएको थियो ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये आज ५ वटा समूहमा हरियाली छाउँदा वित्त समूहमा सर्वाधिक वृद्धि देखिएको छ । आज नेपाल फाइनान्सको सर्वाधिक ८१ करोड ९९ लाख ४० हजार ८२२ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्सको ६८ करोड २१ लाख, शिवम् सिमेन्टको ४४ करोड ४२ लाख, अपि पावर कम्पनीको ४२ करोड ६९ लाख र अरुण भ्याली हाईड्रोको ४२ करोड १ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर कम्पनी र गुडविल फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले झरेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ४३ अर्ब ६ करोड ४९ लाख ७० हजार १६ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments