Tuesday, December 24, 2024
Homeशिक्षा र स्वास्थ्य६८ औँ वार्षिकोत्सवमा ६७ जना विद्यार्थीलाई छात्रवृत्ति

६८ औँ वार्षिकोत्सवमा ६७ जना विद्यार्थीलाई छात्रवृत्ति

इटहरीः इटहरी १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयको ६८ औं वार्षिकोत्सवको अवसरमा बाल विकास देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट प्राप्त ९८ हजार २ सय ७३ रुपैयाको छात्रवृत्ति रकम वितरण गरिएको हो ।

विद्यालयले छात्रवृत्ति वितरण गर्न विभिन्न दाताहरुको सहयोगमा २३ वटा अक्षयकोष स्थापना गरिएको छ । सो अनुसारका छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा अक्षयकोष स्थापना गर्नेमध्ये १६ जनालाई सम्मान गरिएको थियो । यस्तै, पाँच जना शिक्षक–कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदीका साथै शिक्षकहरु रोमु कार्की, सचिन खत्री, पार्वती सिलवाल, भूपराज पुरी र कर्मचारी विष्णुकुमारी तामाङलाई नगदसहित सम्मान गरिएको थियो । इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख फाल्गुनी काफ्लेलाई पनि सम्मान गरिएको थियो ।

वार्षिकत्सवको अवसरमा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक आय–व्यय विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा खेलकुदका विभिन्न विधामा उत्कृष्ट ३ सय जनालाई पुरस्कार प्रदान गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments