विराटचोकः बुधबार काठमाडौंबाट सी चेकअप अर्थात् पूर्ण जाँच (कम्प्लिट चेक) का लागि पोखरा जाँदै गरेको विमान उडान शुरु गर्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भयो ।
सो दुर्घटनामा परी पाइलटबाहेक सबैको ज्यान गयो । पाइलट मनिष शाक्यको घाइते अवस्थामा उद्धार गरी उपचारपछि डिस्चार्ज भए । १ महिनासम्म पोखरा विमानस्थलमा राखेर परीक्षण गर्ने गरी गएको सो विमानमा यात्रारत सबै कर्मचारी हुन् भनेर सौर्य एयरलाइन्सले विज्ञप्ति निकाल्यो । सो एयरलाइन्सले निकालेको विज्ञप्तिमा १ जना विदेशी नागरिक र बाँकी सबै जना सौर्यका कर्मचारी भन्ने उल्लेख छ । सबै नागरिक वयस्क (एडल्ट) भनेर उल्लेख गरेको छ ।
तर पछि पत्ता लाग्यो विमानमा सबै सौर्यका कर्मचारी थिएनन् । सौर्यले सो विमानमा यात्रारत कर्मचारीको विवरण जनाउँदै प्रकाशित गरेको विज्ञप्तिको १० औँ नम्बरमा नाम भएकी प्रिजा खतिवडा र ११ औँ नम्बरमा नाम भएका अधिराज शर्मा एयरलाइन्सका कर्मचारी थिएनन् । अझ अधिराज शर्मालाई पनि वयस्क (एडल्ट) भनेर उल्लेख गरिएको छ । तर उनी ४ वर्षीय बालक भएको र उनी विज्ञप्तिको १० औँ नम्बरमा नाम भएकी प्रिजा तथा चौथो नम्बरमा नाम भएका मनुराज शर्माका छोरा भएको खुल्यो । प्रिजा सौर्य एयरलाइन्सकी नभएर ऊर्जा मन्त्रालयकी कर्मचारी भएको खुल्यो ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्तिको १२ औँ नम्बरमा नाम रहेका अधिराज शर्मालाई बच्चा (चाइल्ड) भनेर उल्लेख गरेको छ ।
हेर्नुहोस् दुवै विज्ञप्तिः