विराटचोकः अमेरिकी डलरको भाउ निरन्तर बलियो हुँदै गएको छ । हिजोको उच्च मूल्यको कीर्तिमानी आज पुनः तोडिएको छ । हिजोभन्दा आज डलरको भाउ ५ पैसा बढेको हो ।
आज अमेरिकी डलर एकको खरीद दर १३३ रुपैयाँ ६६ पैसा र बिक्री दर १३४ रुपैयाँ २६ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर एकको खरीद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ ।
यसअघि साउन ५ गते हालसम्मकै उच्च मूल्यमा पुग्दा खरीद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा निर्धारण भएको थियो ।
साउन ५ गते असार ७ गते कायम भएको उच्च मूल्यको रेकर्ड तोडिएको थियो । असार गते खरीद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा निर्धारण भएको थियो ।
युरोको भाउ भने घटेको छ । आज १ युरोपियन युरोको खरीद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५४ पैसा रहेको थियो ।
हिजो १ युरोपियन युरोको खरीद दर १४५ रुपैयाँ १९ पैसा र बिक्री दर १४५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।
साउन ५ गते युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा रहेको थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दरः