काठमाडौंः तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।
नयाँ सरकार ७६ (३) अनुसार हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक रहेको भन्दै विपक्षमा मत दिने निर्णय भएको ती दलले बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।