बेलबारीः साहित्यकार बादल चाम्लिङको कथा सङ्ग्रह ‘चेकेदेम राजारानीको दरबार’ कथा सङ्ग्रहको शनिबार बेलबारीमा विमोचन गरिएको छ ।
२११ औँ भानुजयन्तीको अवसर पारेर बेलबारी नगरपालिकाको बेतना सभाहलमा आयोजित कार्यक्रमामा प्रमुख अतिथि दार्जिलिङ निवासी कवि मनप्रसाद सुब्बा, दार्जिलिङ निवासी गीतकार पुरन गिरी, साहित्यकार हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख डीपी राईलगायतले संयुक्त रुपमा सो कृतिको विमोचन गर्नुभएको हो । विमोचित कृतिको समीक्षा मिश्र वैजयन्तीले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख डीपी राईलगायतले कृतिकार चाम्लिङको कृतित्वको बारेमा चर्चा गर्नुभएको थियो ।
स्रष्टा समाज बेलबारीको आयोजनामा भएको कार्यक्रममा थुप्रै साहित्यकार तथा साहित्यानुरागी व्यक्तिको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य समाजकी उपाध्यक्ष तिला लेकालीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष जेबी थुलुङले गर्नुभएको थियो ।