Tuesday, December 24, 2024
Homeफिचरसुनसरीको रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ बिक्री गर्ने

सुनसरीको रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ बिक्री गर्ने

विराटचोकः सुनसरीको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर सो शेयरको अंकित मूल्य १०० रुपैयाँ भए पनि बुक बिल्डिङ प्रविधिमार्फत् आइपीओ निश्कासन हुने भएकाले लगानीकर्ताले ८२० रुपैयाँ ८० पैसा प्रति कित्तामा खरीद गर्नुपर्ने भएको छ ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३)को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ ।

अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको शेयरमा साउन १० गतेसम्म आवेदन दिन पाइने शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments