बिर्तामोडः पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले संयोजन गरेको कार्यक्रममा उनलाई बास बसेको धुलाबारीस्थित होटल मेची क्राउनबाट नारावाजी र ¥यालीसहित विर्तामोडस्थित कार्यक्रमस्थलमा ल्याइएको थियो । राप्रपाका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा नारावाजीसहित उनलाई विर्तामोडसम्म ल्याएका थिए ।
बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट नजिकबाट पूर्वराजा शाह हिँड्दै कार्यक्रम स्थलतिर गएका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समेत नारावाजी भएको थियो । शालिक अनावरणपछि शाहले केही समय सांस्कृतिक कार्यक्रम अवलोकन गरेर सम्बोधन नगरी निस्किएका थिए ।
कार्यक्रममा राष्ट्रिय गान भन्दै ‘रातो र चन्द्र सूर्य’ बोलको गीत प्रस्तुत गरिएको थियो ।