Tuesday, December 24, 2024
Homeअर्थसुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्ब ८२ करोड ६१ लाख रुपैयाँको बजेट, झण्डै...

सुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्ब ८२ करोड ६१ लाख रुपैयाँको बजेट, झण्डै २६ करोड घाटा बजेट

खेमचन्द्र अधिकारी
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड ६१ लाख ७९ हजार २ सय ४८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज भएको नगरको चौधौँ नगरसभामा उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरले २५ करोड ९२ लाख ६२ हजार १ सय ६७ रुपैयाँको घाटा बजेट प्रस्तुत गरेको हो । विनियोजित रकममा अपुग आय २५ करोड ९२ लाख ६२ हजार १ सय ६७ रुपैयाँ आन्तरिक आय वृद्धि गरी परिपूर्ति गरिने नगरले जनाएको छ ।

विनियोजित रकममध्ये चालु खर्चमा ७५ करोड २९ लाख ४३ हजार ५ सय रुपैयाँ छ । पूँजीगत खर्चमा १ अर्ब ६ करोड ६७ लाख ३५ हजार ७ सय ४८ रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत साँवा तथा ब्याज भुक्तानी गर्न ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभामा नगरप्रमुख केदारप्रसाद गुरागाईँले नगरको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख गुरागाईँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासलाई प्राथमिकता क्रममा राखिएको बताउनुभयो ।

नगरले आर्थिक विकाससम्बन्धी नीतिअन्तर्गत कृषि, पशुपंक्षी विकास र साना सिँचाइसम्बन्धी २१ वटा, पर्यटसम्बन्धी ८ वटा, उद्योग, सहकारी तथा रोजगारसम्बन्धी १४ वटा नीति लिएको छ ।

सामाजिक विकास नीतिअन्तर्गत शिक्षासम्बन्धी ३० वटा, स्वास्थ्यसम्बन्धी १२ वटा, खानेपानी तथा सरसफाइसम्बन्धी ४ वटा, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी १४ वटा, भाषा, कला, संस्कृतिसम्बन्धी ३ वटा, युवा तथा खेलकुदसम्बन्धी १३ वटा नीति लिएको छ ।

सुन्दरहरैंचाले पूर्वाधार विकाससम्बन्धी नीतिअन्तर्गत भौतिक पूर्वाधारसम्बन्धी ३० वटा, सञ्चार, विद्युत तथा ऊर्जासम्बन्धी १२ वटा नीति लिएको छ ।

वातावरण तथा विपत् व्यवस्थापन नीतिअन्तर्गत वन, वातावरण, भूसंरक्षण, जलवायु परिवर्तन अनुकूलनसम्बन्धी १४ वटा, विपत् व्यवस्थापनसम्बन्धी ४ वटा, न्यायिक समितिसम्बन्धी १६ वटा नीति लिएको छ ।

सुशासन तथा संस्थागत विकाससम्बन्धी नीति ३१ वटा र न्यायिक समिति नीति १६ वटा लिएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments