काठमाडौंः नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रम गरी यस योजनालाई सार्वजनिक गरेको छ ।
सो योजनाअन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डस् प्वाइन्ट्स प्राप्त गर्न सकिनेछ । यसरी आर्जन गरेको प्वाइन्ट्सलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने बताइएको छ ।