इटहरीः सडकको धुलो पखाल्न इटहरी उपमहानगरपालिकाले ‘रोड वासर कम स्प्रिङकलर’ प्रयोग गर्न थालेको छ । सडकको छेउमा रोपिएका बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्न पनि सो साधनको प्रयोग हुनेछ ।
इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार उपमहानगरले सफा र हरियाली स्मार्ट सडक बनाउन ६५ लाख रुपैयाँमा ‘रोड वासर कम स्प्रिङकलर’ खरिद गरिएको हो ।