Monday, December 23, 2024
Homeअपराधयातायात व्यवस्था कार्यालय कोशीका पूर्व प्रमुखसहित पाँच जना कारागार चलान

यातायात व्यवस्था कार्यालय कोशीका पूर्व प्रमुखसहित पाँच जना कारागार चलान

इटहरीः यातायात व्यवस्था कार्यालय कोशीका पूर्व प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् ।

विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालीन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् । उनीहरूमाथि राजस्व हिनामिनाको अभियोग थियो ।

तत्कालीन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल काराागार चलान भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका कर्मचारीविरुद्ध भ्रष्टाचार र राजस्व हिनामिना गरी दुई वटा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा ८ चैत २०७९ मा विशेष अदालत काठमाडौँले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीको आर्थिक वर्ष २०६९–०७० र २०७०–०७१ मा ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७१–०७२, २०७२–०७३ र २०७३–०७४ फागुन मसान्तसम्म ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments